काठमाडौँ, १९ वैशाख । काठमाडौँको बबरमहलमा स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराति पौने १२ बजे बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिँदा चालक डडेलधुरा घर भइ काठमाडौँको कोटेश्वर बस्ने २६ वर्षका केविन श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको वीर अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्