राजनीति

निर्वाचन आयोगले केशव स्थापितलाई सोध्यो स्पष्टीकरण



काठमाडौँ, १९ बैशाख । काठमाडौँ महानगरपालिकाका मेयरका उमेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्ति सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आयोग उच्च स्रोतका अनुसार तीनदिन भित्र स्पष्टीकरण दिनू भनेर पत्र काटिसकेका छ । स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको आयोगले जनाएको छ ।