Banner News

भुवन केसी र श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश



काठमाडौँ, २० बैशाख । अभिनेता भुवन केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरुलाई कांग्रेस प्रवेश गराएका हुन् । “प्रधानमन्त्रीबाट टीका लगाएर प्रवेश गरेको हुँ,” केसीले भने, “कला क्षेत्रको जगेर्ना कांग्रेसबाटै हुने देखेर प्रवेश गरेको हुँ ।”