मनोरञ्जन

टिकटक लाइभलाई लिएर राजेश हमालको आपत्ति



काठमाडौँ, २१ बैशाख । महानायक ‘राजेश हमाल अफिसियल’ ह्यान्डलको टिकटक एकाउण्टबाट दिनहुँजसो लाइभ पोस्ट आइरहेको छ ।

मध्यरातसम्म चल्ने उक्त लाइभ स्ट्रिमिङमा राजेश हमाल र उनकी पत्नी मधु आउँछन् र दर्शकसँग अन्तक्रिया गर्छन् । उक्त लाइभमा फ्यानहरुले गिफ्ट पनि पठाइरहेका हुन्छन् । हमाल दम्पतीलाई मध्यरातसम्मै टिकटक लाइभमा देखेपछि कतिपयले आलोचना पनि गरिरहेका छन् । हमालका फ्यानहरुले ‘महानायक’ रातभर लाइभमा बस्नु राम्रो नभएको भन्दै त्यसो नगर्न सुझाएका छन् । उक्त खातामा राजेश हमालका अन्य भिडियो पनि पोस्ट हुने गरेको छ ।

हमालले टिकटकमा आफ्नो अफिसियल एकाउन्ट नभएको र उक्त लाइभ फेक भएको बताएका छन । हमालले मध्यरातसम्म आफ्नो पुरानो भिडियोलाई लाइभ गराइएकोप्रति आपत्ति पनि व्यक्त गरे । उनका अनुसार उनी लाइभमा बसेको होइनन । उनको एकाउन्ट पनि नभएको बताएका छन । कसले गरेको हो, त्यसप्रति उनले आपत्ति जनाएका छन ।  उनले त्यसो नगरिदिन आग्रह गर्दै टिकटकमा आफ्नो रुचि नभएको पनि हमालले बताएका छन् ।

तर फेसबुक, ट्वीटर, इन्स्टाग्राम र युट्युवमा चाहिं हमालको अफिसियल एकाउण्टहरु सञ्चालनमा छन् ।