समाचार

सांसद बडाल महाराजगन्ज शिक्षण अस्पतालमा



काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले) सल्लाहकार परिषद्का केशवप्रसाद बडाल अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज भर्ना भएका छन ।

पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार उनको मुटुमा समस्या देखिएकाले शल्यक्रिया गरिएको छ । अपराह्न पार्टी कार्यालय आएका सांसद बडाललाई छाती र पेट दुखेपछि चाबहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा उपचारका लागि लगिएकामा त्यहाँ प्रारम्भिक उपचारपछि शिक्षण अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको अवस्था अहिले सामान्य छ ।