शैक्षिक

रेड्क्रश गुण्डु उपशाखालले एम्बुलेन्ससञ्चालन गर्ने



भक्तपुर, १५ माघ । नेपाल रेड्क्रस सोसाइटी गुण्डु उपशाखाले एम्बुलेन्स सञ्चालन गर्ने नीति तथा कार्यक्रमसहित आठौं साधारणसभा शनिवार सम्पन्न गरेको छ । उपशाखाका लागि एम्बुलेन्स अत्यावश्यक भएको ठहर गर्दै आन्तरिक व्यवस्थापन भएपछि शाखाले एम्बुलेन्स खरिद गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रम नेपाल रेड्क्रस् सोसाइटी जिल्ला शाखाका भक्तपुरका सदस्य एवं कटुञ्जे उपशाखाका सभापति धर्मराज कार्कीले रेडक्रस गुण्डु उपशाखाले मानवीय सेवाको क्षेत्रमा गुणात्मक क्रिर्याकलाप सञ्चालन गर्नु सकारात्मक भएको बताए ।।
रेडक्रसकर्मीलाई सधै मानवीय सेवामा लाग्न पे्ररित गर्दै कार्कीले जिल्ला शाखा भक्तपुरले गुण्डु उपशाखाको कामको सकारात्मकरुपमा मूल्याकंन गरेको जानकारी गराए ।
कार्यक्रममा पूर्व जिल्ला शाखाका सदस्य सरीता कुँवर रेडक्रस गुण्डू उपशाखालाई मानवीय कार्यमा थप सक्रिय भएर लाग्ने आग्रह गरे ।
गुण्डु गाविसका पूर्व वडाध्यक्ष भेषबाहदुर कार्कीले रेडक्रस गुण्डू उपशाखाले व्यक्तिको नेतृत्व र सामाजिक र आर्थिक क्षेत्रमा टेवा पुग्ने क्रिर्याकलपा सञ्चालन गर्नु सकारात्मक भएको बताए ।
शाखाका सभापति रामकुमार बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका सचिव राजाराम वाग्लेले शाखाको भावी कार्यक्रम सहितको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।