काठमाडौँ, २२ बैशाख । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनको आचारसंहिता उलंघन नगर्न आयोग आग्रह गरिरहेको छ ।
आयोगले आचारसंहिता उलंघन गर्ने राजनीतिक दलसहित ३७ जनालाई स्पष्टीकरण पनिसोधेको छ । आयोगका अनुसार काठमाडौँ महानगरपालिकामा एमालेका मेयरका उमेदवार केशव स्थापित, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेलगायतका व्यक्तिहरूलाई स्पष्टीकरण सोधिएको हो ।
त्यस्तै, आयोगले सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दललाई पनि स्पष्टीकरण मागिसकेको छ ।










प्रतिक्रिया दिनुहोस्