Banner News

आरजु राणाको अभिव्यक्ति निर्वाचन आयोगको ‘नोटिस’मा



काठमाडौँ, २३ बैशाख । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको एक अभिव्यक्तिलाई निर्वाचन आयोगले ‘नोटिस’मा राखेको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी राणाले बिहीबार डडेलधुरा पुगेर कांग्रेसले मेयर नजितेका पालिकामा बजेट नपठाइने चेतावनी दिएकी थिइन् ।

उनले भनेकी थिइन् “जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौँ ?,’, “यो कुरा ध्यान दिएर करुवासरुवा पार्टीलाई भोट नहाल्नूस् ।”

सो अभिव्यक्ति निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै आयोगले नोटिसमा राखेको बताइएको छ ।