काठमाडौँ, २४ बैशाख । सत्तारुढ दलहरूको चुनावी गठबन्धनले आज मधेश प्रदेशको जनकपुरमा आयोजना गर्ने आम सभा कांग्रेस नेता विमलेन्द्र निधिले बहिष्कार गर्ने भएका छन् ।
गठबन्धनको सभामा केन्द्रीय वक्ताको रुपमा आफ्नो नाम नराखिएको नेता निधिले भने आफू सहभागी नहुने बताएका हुन् । धनुषा निधिको आफ्नै गृहजिल्ला हो । जनकपुरमा हुने कार्यक्रम छोडेर नेता निधि धरानको चुनावी सभामा सहभागी हुन लागेका छन् ।










प्रतिक्रिया दिनुहोस्