काठमाडौँ, ३० बैशाख । स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ ।
निर्वाचन आयोगका अन्सुअर देशैभर मतदान सुरु भएको छ । मतदान साँझ ५ बजेसम्म जारी हुनेछन । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्न आज मतदान हुँदैछ ।
कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाको एक वडासहित केही ठाउँमा भने आज मतदान हुनेछैन । उम्मेदवारको मृत्यु भएका कारण ती ठाउँमा छुट्टै मिति तय गरी निर्वाचन प्रकृया सुरु गरएको छ । ती ठाउँमा केही दिनपछि मात्रै मतदान हुनेछ ।










प्रतिक्रिया दिनुहोस्