दार्चुला, २ जेठ । दार्चुलामा हायस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार विजयी जुलुसमा सहभागी हुने कार्यकर्तालाई लिन जान लागेको से१ज २७७ नम्बरको हायस महाकाली राजमार्ग अन्तरगत शैल्यशिखर नगरपालिका–६ मा दुर्घटनामा भएको हो ।
आज बिहान सो हायस हुदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो । चालक प्रकाशसिंह धामी, सहचालक नवीनसिंह धामी र हरिष धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीनैजना वडा नम्बर ६ ग्वानीका स्थानीय हुन् ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको र दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्