भैरहवा, २ जेठ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । आज बिहान ७ बजे पहिलो पटक अन्तर्राष्ट्रिय जजिरा एअरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो ।
२५६६औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो । जहाजलाई विमानस्थलमा पानीका फोहरासहित स्वागत गरिएको थियो । यो विमानले आज राति साढे २ बजे नेपालबाट यात्रु बोकी कुवेतका लागि उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्