काठमाडौँ, ३ जेठ । आज विश्व उच्च रक्तचाप दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
पछिल्लो समय नेपालमा धेरै वयस्कहरूमा उच्च रक्तचापको समस्या देखिने गरेको स्वास्थ्यविज्ञहरू बताउँछन् । सहरी क्षेत्रमा यसको जोखिम अझ बढी रहेको विज्ञहरूको भनाइ छ ।
नियमित रक्तचाप परीक्षण गर्न सरकारले पनि आग्रह गरेको छ । रक्तचाप बढी र न्यून हुनु दुबै स्वास्थ्यका लागि हानिकारक भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रक्तचापको नियमित परीक्षण गर्न आग्रह गरेको हो ।
“रक्तचापको एउटा निर्धारित चाप छ, जुन बढी वा कम हुनु दुवै हानिकारक हुन्छ । त्यसैले विश्व उच्च रक्तचाप दिवसको अवसरमा आफ्नो शरीरको रक्तचापको नियमित जाँच गराउने र स्वस्थ जीवनशैली अपनाएर रक्तचाप नियन्त्रणमा राख्ने प्रण गरौं,” मन्त्रालयले भनेको छ ।










प्रतिक्रिया दिनुहोस्