राजनीति

लेटाङ नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी



मोरङ, ४ जेठ । मोरङको लेटाङ नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेस-माओवादी केन्द्र गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका भुपेन्‍द्रकुमार लावती मेयरमा निर्वाचित भएका हुन् भने उपमेयरमा कृष्णकुमारी पोखरेल निर्वाचित भएकी छन् ।

लावतीले १० हजार २२७ मत प्राप्त गर्दा गठबन्धनतर्फका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत ल्याए । उपमेयरमा निर्वाचित पोखरेलले ९ हजार ४६० मत प्राप्त गरिन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्‍णप्रसाद लम्साल ४ हजार ९०५ मत ल्याए ।