मनोरञ्जन

कान्स फिल्म फेस्टिभल सुरु



काठमाडौँ, ४ जेठ । विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल कान्स फ्रान्समा सुरु भएको छ ।

फेस्टिभल उद्घाटन समारोहलाई भर्चुअल सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले एडोल्फ हिटलरलाई चार्ली च्याप्लीनले ब्यंग्य गरेकै शैलीमा तानाशाहसँग जुध्न युवा फिल्ममेकरलाई आग्रह गरे ।

माइकल हाजानाभिसियस निर्देशित जम्बोइ फिल्म ‘जेड’ हेर्न प्रिमियरमा उपस्थित आगन्तुकलाई भर्चुअल स्वागत गर्न जेलेन्स्कीले औपचारिक पोशाकमै प्रस्तुत थिए । आगामी १२ दिनसम्म संसारका २१ फिल्मले पामदे ओर पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । पछिल्लो समय कान्समा उत्कृष्ट भएका फिल्मले नै ओस्कारमा बाजी मारेकाले कान्समा फिल्म स्क्रिनिङ गर्न संसारका चर्चित फिल्ममेकर उत्रिएका छन् ।