Banner News

निर्वाचन नभए मुलक अप्ठेरो स्थितिमाः ओली



विराटनगर, १५ माघ । नेकपा एमाले०का अध्यक्ष केपी शर्मा ओलीले जसरी पनि निर्वाचन गराउनुपर्नेमा जोड दिए।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्क्षयले स्थानीय तहको निर्वाचन गराउनका लागि सरकारलाई सहयोग गर्ने स्पष्ट गरे।

अध्यक्ष्ले ले निर्वाचन भएन भने मुलुक अप्ठेरो स्थितिमा फस्ने उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो अवस्थामा जनता र इतिहासले सराप्ने धारणा प्रकट गरे।

संविधानमा समान अधिकार र समान अवसरको व्यवस्था रहेको स्पष्ट पार्दै नेता ओलीले संविधान संशोधन किन र केका लागि भनेर प्रतिप्रश्न गरे।

जनताको अभिमतबाट संविधान निर्माण भएको स्पष्ट पार्दै जनतालाई साँचो कुरा बताउनुको सट्टा साम्प्रदायिक विद्वेष फैलाउने, परस्पर घृणा उत्पन्न गराउनेजस्ता कार्यलाई अविलम्ब रोक्नुपर्नेमा जोड दिए।