काठमाडौँ, ५ जेठ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको ८० प्रतिशत नतिजा आएको बताएको छ ।
आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार अहिलेसम्म नगरप्रमुखमा १७४, उपप्रमुखमा १७४, गाउँपालिका अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६को नतिजा आइसकेको छ ।
आज दिउँसो ४ बजेसम्म ७५३ पालिकामध्ये ५७० स्थानीय तहको नतिजा निर्वाचन आयोगको प्रणलीमा प्रविष्ट भएको छ भने आज दिउँसो ४ बजेसम्म ५ हजार ६५९ वडाध्यक्ष निर्वाचित भइसकेका छन् ।
३५ हजार २२१ प्रतिनिधि निर्वाचित हुनेमा अहिलेसम्म २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित भइसकेको आयोगले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्