गुल्मी, ६ जेठ । गुल्मीका नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले शपथ लिएका छन् ।
दुई नगरपालिका र १० वटा गाउँपालिकासहित १२ स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र अन्य सदस्यले संयुक्तरुपमा मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
सपथ लिएसँगै जनप्रतिनिधिहरूले आफ्नो पालिकामा गएर पदभारग्रहण गरेका छन् । शपथ तथा पदस्थापन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधीश राधाकृष्ण उप्रेतीले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।










प्रतिक्रिया दिनुहोस्