सप्तरी, ६ जेठ । सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको छ ।
वडाध्यक्ष देवेन्द्र साहका अनुसार उनी सुतेकै अवस्थामा बिहान मृत भेटिएका हुन । मत परिणाम सार्वजनिक भएपछि सुतिहार हिजो विजय जुलुस मनाएर घर फर्किर खाना खाएर सुतेका उनको निधन भएको बताइएको छ ।
जनता समाजवादी पार्टीको तर्फबाट वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएर विजयी भएका थिए ।










प्रतिक्रिया दिनुहोस्