मनोरञ्जन

‘प्रेम गीत-३’ दसैंमा रिलिज हुने



काठमाडौँ, ९ जेठ । फिल्म ‘प्रेम गीत–३’ दसैंमा रिलिज हुने भएको छ ।

निर्माता सन्तोष सेनका अनुसार दसैंको अवसर पारेर असोज ७ गते रिलिज हुने भएको हो । सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङको अभिनय रहेको छ ।

यो चलचित्र हिन्दी भाषामा पनि डब गरिएको छ । भारतका थिएटरमा पनि रिलिज गर्ने तयारी भइरहेको निर्देशकसमेत रहेका सन्तोष सेनले बताएका छन् ।