काठमाडौँ, ९ जेठ । गृह मन्त्रालयले नेपाल प्रहरीका पाँचजना डीआईजी एआईजी बढुवाका लागि सिफारिस गरेको छ ।
गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले पाँचजना डिआईजीलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस हुनेहरूमा डीआईजी उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह छन् ।
प्रहरीमा खाली रहेको एआईजी दरबन्दीमा उनीहरूलाई बढुवा सिफारीस गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्