काठमाडौँ, १० जेठ । चालु आर्थिक वर्षको हालसम्म ६३८ मेगावाट विद्युत उत्पादन भएको छ ।
आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसद्को दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विषम परिस्थितिमा पनि चालु वर्षको यो अवधिसम्म ६३८ मेगावाट विद्युत उत्पादन थपिएको बताइन् ।
यो अवधिसम्म ३२५ किलोमिटर सडक कालोपत्रे भएको र १०० वटा पुल निर्माण भएको बताइन् । राष्ट्रपति भण्डारीले स्थानीय तह निर्वाचन निष्पक्ष, स्वतन्त्र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताएकी छन् । उनले आवधिक निर्वाचनले लोकतन्त्रलाई जगैबाट बलियो बनाएको बताइन् ।
उनले आवधिक रूपमा लोकतान्त्रिक संस्थाहरूको निर्वाचन गर्ने कार्य चुनौतीपूर्ण हुने गरेको भन्दै सबै खाले संशय र भ्रमका बाबजुद निर्वाचन सम्पन गराउन सकेकोमा सरकारले सन्तुष्टि महसुस गरेको बताइन् । “स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सफल भएकोमा निर्वाचन आयोग, सहयोग पुर्या उने सुरक्षा निकाय तथा यसमा संलग्न राजनीतिक दल संघ संस्था तथा आम नागरिक सबैप्रति सरकार आभार व्यक्त गर्दछ,” उनले भनिन् ।










प्रतिक्रिया दिनुहोस्