विश्व

थप तीन देशमा फैलियो मङ्कीपक्स भाइरस



एजेन्सी, ११ जेठ । संयुक्त अरब इमिरेट्स (युएई) मङ्कीपक्सको केस रेकर्ड गर्ने पहिलो खाडी मुलुक बनेको छ ।

चेक गणतन्त्र र स्लोभेनियाले पनि मंगलबार आफ्नो पहिलो केस रिपोर्ट गरेका छन् । अफ्रिका बाहिर १८ अन्य देशहरूमा यो भाइरस फैलिसकेको छ । युरोप, अष्ट्रेलिया र अमेरिकामा भाइरसको प्रकोप भेटिएको छ ।

यसका लक्षणहरूमा अक्सर ज्वरो र शरीरमा दागहरू समावेश हुन्छन् – तर संक्रमण सामान्यतया हल्का हुन्छ। युएईका स्वास्थ्य अधिकारीहरूका अनुसार हालसालै पश्चिम अफ्रिका भ्रमण गरेका एक यात्रीमा यसको सङ्क्रमण देखिएको र अहिले उनको उपचार भइरहेको छ ।