सम्पादकीय

आज निर्वाचन महाउत्सवः मतदान बिहान ७ देखि ५ बजेसम्म



काठमाडौं, ३१ वैशाख । झण्डै दुई दशकपछिक पहिलो चरण अन्तर्गत स्थानीय चुनावको मतदान आज हुँदै छ । मतदान बिहान ७ देखि ५ बजेसम्म हुने कार्यक्रम छ ।

यसपटकको स्थानीय तहको निर्वाचनले लोकतन्त्रको अभ्यास मूर्त रुप दिने अपेक्षा गरिएको छ ।

विगत १५ बर्ष यता कर्मचारीले स्थानीय तह चदाउँदा स्थानीय निकायमा भ्रष्टचार, जवाफदेहितामा कमजोर मात्र नभई लोकतन्त्रको जग नै कमजोर भएको जनताले अनुभूति गर्दै आएका छन् ।

यही अवस्थामा जनताले आज आफ्नो विशेष अधिकार प्रयोग गर्दै स्थानीय स्तरका लागि आफ्नो नेतृत्व चयन गर्दै छन् । नेपाल समाचारपत्रमा समाचार छ ।