सम्पादकीय

कुन नेताले कहाँ खसाल्छन् भोट ?



काठमाडौं, ३१ वैशाख । निर्वाचनमा विभिन्न पार्टीका शिर्ष नेताले मतदान गर्ने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालः चितवनको भरतपुर महानगरपालिका ४ शिवनगरस्थित लक्ष्मी मावि लंखु मतदान केन्द्र ।

कांग्रेस सभापति शेरबहादुर देउवाः पहिलो चरणको चुनावमा सहभागी हुने छैनन् । मतदाता नामावलीमा उनको नाम डडेलधुराको गन्यापधुरा गाउँपालिका १ मा छ । दोस्रो चरणको निर्वाचनमा उनी डडेलधुरा जानेछन् ।

एमाले अध्यक्ष केपी ओलीः मतदाता नामावलीमा उनको नाम सूर्यविनायक नगरपालिका २ बाल्कोटमा छ । उनले बाल्कोटमा मतदान गर्नेछन् ।

रामचन्द्र पौडेलः तनहुँको व्यास नगरपालिका २ को सत्यदेवी उच्च मावि मतदान केन्द्रमा मतदान गर्नेछन् ।
शशांक कोइरालाः काठमाडौं भ्याली मतदान केन्द्रमा मतदान गर्नेछन् ।

प्रकाशमान सिंहः काठमाडौं महानगरपालिका १६ क्षेत्रपाटीबाट मतदान गर्नेछन् ।

एमाले नेता माधव कुमार नेपालः रौतहटको गौर नगारपालिकामा दोस्रो चरणको निर्वाचनमा सहभागी हुनेछन् ।

इश्वर पोखरेलः उनको नाम टोखा नगरपालिका ६ मा छ ।

बामदेव गौतमः दोस्रो चरणको निर्वाचनमा गौतम बर्दियाको बासगढीको त्रिभुवन उच्च माविम मतदान गर्नेछन् ।

माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठः उनको नाम गोरखाको जौबारी गाउँपालिकामा छ । उनले गोरखामा मतदान गर्नेछन् ।

रामबहादुर थापाः चितवनको रत्ननगर नगारपालिका टाँडीमा मतदान गर्नेछन् ।

देव गुरुङः मनाङको नामस गाउँपालिकामा मतदान गर्नेछन् ।

पम्फा भुषालः ललातिपुर महानगरपालिकामा मतदान ।

राप्रपा अध्यक्ष कमल थापा ः हेटौंडा काट मतदानमा सहभागी हुनेछन् ।

पशुपति शमशेर राणाः सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ बाट मतदान गर्नेछन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवः दोस्रो चरणको निर्वाचनमा सहभागी हुनेछन् । उनको नाम सुनसरीको मधुवनमा छ ।

प्रधानन्यायाधीश सुशीला कार्की (विराटनगर) र सभामुख ओनसरी घर्ती मगर (रोल्पा) दोस्रो चरणको निर्वाचनमा सहभागी हुनेछन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले मतदान नगर्ने भएका छन् । उनको नाम रोल्पाको दुइृखुइले गाउँपालिका २ मा छ ।

राष्ट्रपति बिद्या भण्डारी श्रीलंका भ्रमणमा छिन् । नागरिकमा समाचार छ ।