अर्घाखाँची, १३ जेठ । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक सात वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार बिहीबार साँझ सन्धिखर्क नगरपालिका ४ अमलडाँडाका सम्राट नेपालीलाई चितुवाले घरबाटै समातेको हो । चितुवाको आक्रमणमा परेका बालक नेपालीको शव घरबाट करिब एक किमीको दुरीमा छिन्नभिन्न अवस्थामा फेला समेत परेको छ ।
चिचुवाको आक्रमणमा परेका बालकको स्थानीय र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले रातिसम्म खोजी गर्दा बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्