Banner News

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प छैन : अध्यक्ष नेपाल



काठमाडौँ, १६ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताएका छन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा बोल्दै नेपालले सर्वोच्चबाट आएको फैसलाबाट स्तब्ध रहेको बताए । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने फैसला गरेपछि आज समितिले छलफल आयोजना गरेको थियो ।

उनले भने, ‘सर्वोच्चबाट जे आयो भनिएको छ म स्तब्ध छु, यो विकासको बाधक हुन्छ,’ उनले भने, ‘विकासको सहयोगी हुनुपर्छ राज्यका कुनै पनि निकाय, विकासको बाधक हुने होइन ।’ ‘जुन ठाउँमा सोचिएको छ, त्यहाँ बनाउनु हुँदैन भन्ने निर्णय नै यथार्थ स्थितिको जानकारी नभइकन गरिएको छ, ‘म कम्तीमा ६ पटक निजगढ बिमानस्थल निरीक्षणमा पुगेको छु । जंगल भनिएको छ । के त्यहाँ जंगल छ ? जंगल छैन भने वन विनास भैरहेको कसरी छ ?’ उनले प्रश्न गरे ।