काठमाडौँ, १६ जेठ । फिल्म ‘कबड्डी ४’की एक नायिकाले आफूमाथि दुर्व्यवहार भएको बताएकी छन् ।
काठमाडौँको सिभिल मलमा आइतबार साँझ एक युवकले पछाडिबाट अस्वाभाविक रुपमा छोएको भन्दै उनले प्रहरी वृत्त, जनसेवामा अभद्र व्यवहारको कसूरमा जाहेरी दिएकी छन् ।
उनको जाहेरीको आधारमा प्रहरीले मुगु घर भएका फुर्वा लामालाई पक्राउ गरेर हिरासतमा राखेको छ । प्रत्यक्षदर्शीहरुले नायिकाले ती युवकलाई झापड हानेको पनि बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्