राजनीति

नगर कार्यपालिकाको बैठक लाइभ गर्ने मेयर साहको पहिलो निर्णय



काठमाडौँ, १६ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।

मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् । नगर कार्यपालिकाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रशारण गर्ने साहको निर्णय छ ।