मनोरञ्जन

एफक्युबले रोक्यो ‘कबड्डी ४’को प्रदर्शन



काठमाडौँ, १७ जेठ । अभिनेत्री मिरुना मगरलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ एक युवकलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएपछि चावहिलस्थित एफक्युब मल्टिप्लेक्सले फिल्म ‘कबड्डी ४’को प्रदर्शन रोकेको छ ।

एफक्युब सिनेमा हल रहेको भवन केएल टावरबाहिरको स्थिति तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो स्थगित गरिएको हो । हल प्रशासनका अनुसार स्थिति सामान्य बनेपछि मात्रै फिल्म प्रदर्शन हुनेछ ।

अभिनेत्री मगर ‘कबड्डी ४’की नायिका समेत हुन् । उक्त फिल्म प्रदर्शनका क्रममा हल भ्रमणमा निस्किएका मगरसहितको कलाकार टोली आइतबार बेलुका सिभिल मलमा पुगेको थियो । सिभिल मलको एक कफी सपमा एक बौद्ध भिक्षुले दुर्व्यवहार गरेको आरोप अभिनेत्रीले लगाएकी छन् ।ती युवकलाई रिहाइ गर्नुपर्ने माग गर्दै केएल टावरबाहिर मंगलबार बिहानैदेखि प्रदर्शन भएको थियो । बौद्ध समुदाय र तामाङ संघसंस्थाले फिल्मको पोस्टर समेत जलाएका थिए ।