राजनीति

हाम्रो पहिचानमा संकट देखिन थालेको छ : अध्यक्ष दाहाल



काठमाडौँ, १८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीमा पहिचानको संकट देखिन थालेको बताएका छन् ।

आज भ्येको स्थानीय तहका प्रतिनिधिलाई अभूमिखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माओवादीका प्रतिनिधि अझ खराब हो कि भन्ने जनतालाई पर्न थालेको बताएका हुन् ।

उनले भने, “अघिल्लो कार्यकालमा कमान्ड कन्ट्रोलमा ल्याउने प्रयास गरेनौँ । स्वतः स्फूर्तरुपमा छाडिदियौँ । कतिपय पार्टी स्पिरिटअनुसार काम पनि भयो । लाइनअनुसार सेवाभावअनुसार काम पनि गर्नुभयो, “कतिपयले गर्न सक्नुभएन । अहिले पार्टीलाई पनि क्रमशः पहिचानको संकट आउन थालेको छ । हुन त दस्तावेजमा क्रान्तिकारी हौं, विरासत पनि छ । भन्ने पनि गर्छौं हो पनि तर अरु संसदवादी पार्टी र माओवादीबीचको अन्तर मेटिँदै गएको छ । माओवादीका प्रतिनिधि अझ खराब हौं कि भन्ने जनतालाई पर्न थालेको छ ।”