Banner News

प्रधानमन्त्री देउवा र काठमाडौँका मेयर बालेनबीच भेटवार्ता



काठमाडौँ, १८ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटेवार्ता भएको छ ।

आज मेयर बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटेका हुन् । भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएका छन् ।

जवाफमा साहले महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताए ।