काठमाडौँ, ३० साउन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखनमा संलग्न तस्करहरुलाई कानूनी दायरामा ल्याउन सम्पूर्ण सरोकारवाला निकायहरु ऐक्यबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘मानव बेचबिखन विरुद्धको राष्ट्रिय अभियानमा सरोकारवालाको साझेदारी भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले…