सचिवालयको बैठक स्थगित गरेर ओली–प्रचण्ड जिम्मेवारी बाँडफाडमा व्यस्त

काठमाडौँ, १३ साउन‌‌ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पेचिलो बन्दै गएको कार्यविभाजनको जिम्मेवारी बाँडफाड गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहकार्यमा लागेका छन् । सचिवालयको बैठक स्थगित गरेर अध्यक्षद्धय कार्यविभाजनको टुंगो लगाउन जुटेका हुन् । विभाग र आयोगको जिम्मेवारी दिने विषयमा भागवण्डा भएर मोटामोटी सहमति जुटे पनि स्कुल विभागको जिम्मेवारी कसले लिने…