काठमाडौँ, १ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोगले जनताको विश्वास जितेर परीक्षा सञ्चालन गरिरहेको बताएकी छिन् । आइतबार लोकसेवा आयोगको ६९ औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताएकी छिन् । उनले भनिन, आयोगले जनताको विश्वास जितेर परीक्षा सञ्चालन गरिरहेको छ, जनविश्वास पनि…