प्रधानमन्त्री ओलीबाट भेरी-बबई आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’ : एक वर्ष अघि नै काम सम्पन्न

सुर्खेत, ४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरीको पानी बबईमा झार्ने १२ किलोमिटर लामो सुरूङको आज ब्रेक थ्रु गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुरुङको ‘ब्रेक थ्रु’ गरेसँगै आयोजनाको सुरुङ निर्माणको काम सकिएको औपचारिक घोषणा भएको हो । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सकिएको छ…