काठमाण्डौ, ७ माघ । ऊर्जा, जलस्रोत तथा सिंँचाइमन्त्री वर्षमान पुनले मुलुकमा विद्यमान ऊर्जा संकट समाधान गर्ने सरकार तयार रहेको बताएका छन । आज काठमाण्डौमा चार्टर्ड एकाउन्टेन्टहरुको सम्मेलनमा बोल्दै मन्त्री पुनले विद्युतीय उर्जामा देशलाई आत्मनिर्भर बनाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउदै चालु आर्थिक वर्षभित्र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न हुने र त्यसले मुलुकमा विद्यमान ऊर्जा संकट समाधान…