पाँच देशमा राजदूत सिफारिस : तीन देशका राजदुतलाई फिर्ता

काठमाडौँ, १२ पौष । सरकारले विभिन्न ५ देशका लागि राजदूत सिफारिस गरेको छ भने तीन देशका राजदुतलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषदको बैठकले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु भृगु ढुंगानालाई क्यानडा, दुर्गाप्रसाद भण्डारीलाई कुवेत, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको हो ।…