काठमाडौँ, १५ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएसँगै उहाँको अनुपस्थितिमा संविधान बमोजिमका कार्यको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई दिइएको छ । विश्वका १९६ मुलुकका करीब ३० हजार व्यक्तिले भाग लिने पोल्याण्डको कातोबीचे शहरमा हुने उक्त सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै…