लोकतन्त्रको मूल्य, मान्यतालाई धूमिल बनाउन दिनु हुँदैन : राष्ट्रपति पौडेल

काठमाडौँ, ५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको शास्वत मूल्य, मान्यता र पवित्रतालाई धूमिल बनाउन दिनु नहुने बताएका छन् ।  आज शितलनिवासमा आयोजित 'नेपालका निधि' पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा गर्न शासन व्यवस्थालाई पारदर्शी, जवाफदेही, न्यायपूर्ण बनाउनुपर्ने उल्लेख…