काठमाडौं ४ मसीर । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकीकरण र सकार निर्माण प्रक्रियालाई एकैसाथ अघि बढाउने निर्णय लिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि बसेको माओवादी केन्द्रको बैठकले पार्टी एकीकरण प्रक्रियालाई प्राथमिकतामा राख्दै सरकार निर्माण प्रक्रिया पनि सँगसँगै लैजाने निर्णय गरेको हो । बैठकले दुई पार्टी एकीकरणबारे नकारात्मक टिप्पणी नगर्न मातहतका…