मन्त्रिपरिषद्को निर्णय, मुख्य सचिवमा रेग्मी नियुक्त

काठमाडौँ, ६ कात्तिक । सरकारले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गरेपछि उहाँ २४औँ मुख्य सचिव बन्नुभएको हो । रेग्मी २०७० साउनमा सचिवमा बढुवा हुनुभएको थियो । मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण मंगलबार अनिवार्य…