काठमाडौँ, ३ भदौ । नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आइतबारदेखि काडमाडौँमा सुरु हुँदैछ । ‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरवहादुर देउवाले गर्ने महासंघका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए । बिहान १० बजे प्रधानमन्त्री देउवाले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम…