‘उपत्यकाका सडकमा १५ दिनभित्र खाल्डा देख्नु नपरोस्’ : प्रधानमन्त्री

काठमाडौँ, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ उपत्यकाभित्रका सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजनालगायत सरोकारवाला निकायका मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न उनले निर्देशन दिए। शुक्रबार अपराह्न राजधानीको नेपालटारमा ३…