भक्तपुर, ३१ असार । जिल्लाका दुई स्थानीय तहले आफ्नो प्रथम नगर परिषद् शुक्रबारदेखि शुरु गरेका छन् । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाले आव ०७४÷०७५ का लागि नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । चाँगुनारायण नगरपालिकाले स्थानीय सरकारको झल्को दिने शैलीमा आफ्नो नगर परिषद् सञ्चालन गरेको छ । ‘सुशासनयुक्त, सक्षम, समृद्ध स्थानीय सरकारः पर्यटन, संस्कृति, सम्पदा…