झापा, ६ असार । नेकपा एमाले बिर्तामोड नगर निर्वाचन परिचालन कमिटीले मङ्गलबार एकसय ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ‘समृद्धि, समानता र पूर्वाधार विकासमा हाम्रो जोड, सुन्दर शान्त, स्वच्छ र सुरक्षित बिर्तामोड’ मूलनारामा जारी गरिएको प्रतिबद्धतापत्रमा बिर्तामोडको मुहार फेर्न आवश्यक १६ वटा विविध क्षेत्रलाई समेटिएको छ । यसअनुसार ‘सामाजिक आर्थिक रुपान्तरणको आधारः नगरभरि…