काठमाडौ, २१ जेठ । मुलुकको नयाँ प्रधानमन्त्रीका लागि आज व्यवस्थापिका संसदमा निर्वाचन हुँदैछ । प्रमुख प्रतिपक्षी एमालेले अवरोध हटाए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज संसद्बाट चौथोपटक प्रधानमन्त्री निर्वाचत हुनेछन् । तर एमालेले निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा फेरि मतदान गर्ने निर्णयको विरोधमा संसद चल्न नदिने बताएको छ । कामचलाउ प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…