बिहीबार राति १२ बजेपछि उम्मेदवारको प्रचारप्रसार गर्न नपाउने

काठमाडौं, २७ वैशाख । यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि भोलि बिहीबार राति १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन निषेध गरिएको जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गरेको…