काठमाडौँ, २१ असोज । दसैंको घटस्थापनादेखि पूर्णिमासम्म बिदा भएकाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका रिटमा मात्र सुनुवाइ हुन्छ, हरेक न्यायाधीशलाई पालैपालो एक एक दिन इजलास तोकिएको छ । प्रकाशमानसिंह राउतको पालो पनि आइतबारलाई थियो । संयोग, उनी इजलासमा आइपुग्दा प्रधानन्यायाधीश भइसकेका थिए । आइतबार साढे १ बजे राउतलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ गराए । मुलुकको ३२ औं प्रधानन्यायाधीशका…