दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

कञ्चनपुर, १९ असोज । चर्चा सुरु भएको डेढ दशकपछि महाकाली पारि दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह निर्माणको बाटो खुलेको छ । मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४३ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरेसँगै अब निर्माण प्रक्रिया अगाडि बढाउन सकिने भएको हो ।  असोज २ मा बसेको मन्त्रिपरिषद्…